विपक्षी मोर्चामा आमहड्ताल गर्नेमा विवाद

145
  •  
  •  
  •  

काठमाडौं २१ चैत (ओएनएस) : आन्दोलन घोषणा गरेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चामा आमहड्ताल गर्ने वा नगर्नेमा विवाद भएको छ । आन्दोलनको नेतृत्वकर्ता एमाओवादी भित्रै आमहड्तालको विपक्षमा मत देखिएपछि थप छलफल गरेर निणर्य गर्ने भन्दै छलफल सुरु गरेको छ ।

एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले आज विभिन्न पक्षसँग अन्तरक्रिया गर्दैछ ।

आन्दोलनमा जानु परेको वाध्यता र संविधान निर्माण प्रक्रियाका विषयमा जानकारी दिन अन्र्तपक्रया गर्न लागेको हो । विभिन्न क्षेत्रका पेशा व्यवसायीसँग आफूहरुले घोषणा गरिएको आन्दोलनको आवश्यकताका बारेमा छलफल गर्न लागिएको प्रवक्ता पे्रमबहादुर सिंहले जानकारी दिए ।

गठबन्धनको आन्दोलनको कार्यक्रमअन्तर्गत काठमाण्डुसहित देशका विभिन्न प्रमुख १३ वटा शहरहरुमा अन्तरक्रिया गर्दैछ । मधेसी मोर्चामा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले खुलेर आमहड्तालको विरोध गरेका छन् ।
सरोकारवालासँग छलफल गरेपछि आमहड्तालमा जान पनि सहज हुने भएकाले छलफल गर्न लागेको एक नेताले बताए ।


  •  
  •  
  •