बन्दको समिक्षा गर्न एमाओवादी नेतृत्वको मोर्चाको बैठक जारी

193
  •  
  •  
  •  

काठमाडौं, २४ चैत (ओएनएस) : एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाको बैठक सिंहदरबारमा जारी छ । मोर्चाले अह्वान गरेको तीन दिने आम हड्तालअन्तर्गत मंगलबारकाे हड्तालबारे समिक्षा गर्न बैठक बसेको हो ।

मोर्चाले बुधबार र बिहिबारको आम हड्तालबारे पनि छलफल गर्ने बताइएको छ । मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार उद्योगी–व्यपारीसँगको भेटमा बुधबार र बिहिबारको बन्द पुनरावलोकन गर्न बैठकमा प्रस्ताव गर्ने बताएका थिए ।

बैठकले पूर्वनिर्धारित दुई दिनको बन्दलाई जारी राख्ने कि फिर्ता लिने विषयमा छलफल गर्ने बताइएको छ । सर्वसाधरण तथा पेशाकर्मीले आक्रोश ब्यक्त गरेपछि मोर्चाले बन्दलाई पुनरावलोक गर्न लागेको हो ।


  •  
  •  
  •