तीन दिने नेपाल बन्द यथावत

195
  •  
  •  
  •  

काठमाडौं, २३ चैत (ओएनएस)  :  एमाओवादी नेतृत्वको तीस दलीय विपक्षी मोर्चाले मंगलबारबाट घोषणा गरेको तीन दिने नेपाल बन्द यथावत रहको जनाएको छ । सोमबार सिंहदरबारमा बसेको मोर्चाको बैठकले आन्दोलनलाई थप बलियो बनाउने निर्णय गरेको मोर्चाका प्रवत्ता प्रेमबहादुर सिंहले जनाएका छन् ।

उनले भने, ‘२४, २५ र २६ को बन्द यथावत् छ, बन्दलाई थप सशक्त बनाउने निर्णय भएको गरेका छौ।’

सिंहका अनुसार आमहड्ताल विहान ५ बजेदेखि सांझ ५ बजेसम्म हुनेछ । संविधानसभामा बहुमतीय प्रणालीबाट प्रक्रिया अघि बढाएको भन्दै विपक्षीले आन्दोलन गर्दै आएका छन् ।


  •  
  •  
  •