आमहड्ताललाई केही खुकुलो बनाउने तयारी

208
  •  
  •  
  •  

काठमाडौं २३ चैत (ओएनएस) : सहमतिमा संविधान जारी गर्नुमाग सहित सत्तासिन दलविरुद्ध आमहड्तालको घोषणा गरेको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आमहड्ताललाई केही खुकुलो बनाउने तयारी गरेको छ । मोर्चाभित्रको विवाद र नागरिकबाट आएको दवावका कारण तीन दिने आमहड्तालाई खुकुलो बनाउने तयारी गरेको छ ।

भोलीको आमहड्ताल र संविधान निर्माणका विषयमा छलफल गर्न आज मोर्चाको बैठक बस्दैछ । तीन दिने आमहड्तालाई हरेक दिन केही घण्टामा सिमिति गर्नेगरि तयारी भइरहेको मोर्चाका एक नेताले बताए । दिनमा पाँच घण्टा वा बिहानदेखि पाँचबजेसम्म मात्रै भन्नेमा छलफल भएको छ सकेसम्म नागरिकलाई धेरै अप्ठ्यारो नपर्नेगरि आमहड्तालको कार्यक्रम गर्ने तयारी छ ती नेताले बताए । मोर्चाका संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आमहड्ताल फिर्ता नहुने बताएका छन् ।

प्रचण्डले आइतबार प्रधानमन्त्रीसँग भएको भेटमा आज सोमबार थप छलफल हुने तर, आन्दोलन फिर्ता नहुने उनले जानकारी गराइसकेका छन् । मोर्चाको बैठक दिउँसो ४ बजेका लागि एकीकृत माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको छ । त्यसअघि मोर्चामा रहेका नेताहरुबीच पनि आन्तरिक छलफल हुने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।

माओवादीको प्रदर्शन
सर्वोच्च अदालतको फैसला विरुद्ध एमाओवादीसहितका माओवादी दलले आज देशभर प्रदर्शन गर्दैछन् । देशभरीका जिल्ला सदरमुकाममा सर्वोच्च अदालतले आममाफी सम्बन्धी सर्वोच्चले गरेको पछिल्लो फैसलाको विरोधमा प्रदर्शन गर्ने उनीहरुले बताएका छन् ।


  •  
  •  
  •