१९ गतेको बन्दसहित २३ गतेअघिका आन्दोलन फिर्ता लिन प्रचण्डको प्रस्ताव

195
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ गतेको नेपाल बन्दसहित २३ गतेअघिका आन्दोलन फिर्ता लिन ३० दलीय मोर्चाको बैठकमा प्रस्ताव गरेका छन् ।

सिंहदरबारमा जारी मोर्चाको बैठकका दौरान प्रचण्डले उक्त प्रस्ताव गरेको मोर्चाका एक नेताले ओएनएसलाई जानकारी दिए । यसअघि आइतबार मोर्चाले २३ गतेको लागि बोलाइएको संविधानसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो ।

तर, सत्तापक्षले कांग्रेस–एमालेले वार्ताबाटै संविधान निर्माणको गतिरोध अन्त्य गर्न आग्रह गरेपछि प्रचण्डले आन्दोलन फिर्ता लिने प्रस्ताव गरेको स्रोतको दाबी छ । तर, २४ देखि २६ गतेसम्म आह्वान गरिएको नेपाल बन्द फिर्ता जारी राख्ने प्रचण्डले प्रस्ताव गरेका छन् ।

दलहरुबीच विवाद बढ्दै गएपछि विगत दुई महिना यता संविधान निर्माण प्रक्रिया अबरुद्ध छ । सत्तारुढ कांग्रेस र एमाले संविधानको विवादित विषयमा सहमति हुन नसके प्रक्रियाबाट संविधान निर्माण प्रक्रिया अघि बढाउनु पर्ने अडानमा छन् भने विपक्षी मोर्चा सहमतिबाटै संविधान लेख्नु पर्ने भन्दै आन्दोलनमा छ । दलहरुबीच राज्य पुनर्सरचना शासकीय स्वरुप लगायतका विषयमा विवाद छ ।


  •  
  •  
  •