काठमाडौं ३० पुस (ओएनएस) : सत्तासिन दलले प्रक्रियामा जोड दिएपछि त्यसको विपक्षी रणनीति बनाउन एमाओवादी नेतृत्वको मोर्चा छलफलमा जुटेको छ । सहमतिय प्रक्रियाबाट संविधान जारी गर्ने अडान राख्दै आन्दोलनमा गएको मोर्चा आज दवाव मुलुक थप कार्यक्रमका विषयमा छलफल गर्दैछ ।
बहुमतीय प्रक्रियामा जाने कांगे्रस एमालेको निष्कर्ष अमान्य हुने भन्दै अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न बैठक बस्न लागेको प्रवक्ता प्रेमबहादुर सिंहले बताए । मोर्चाको बैठक एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ ।
अन्तिम पटकका लागिभन्दै संविधानसभाले दिएको दुई दिने भाकामा पनि संवाद समितिले कुनै सहमति जुटाउन नसकेपछि संविधान निर्माण प्रक्रिया कसरी अघि बढ्छ भन्ने बारेमा टुङ्गो लाग्न सकेको छैन ।