१० प्रदेशको प्रस्ताव ल्याउने ३० दलको तयारी

98
  •  
  •  
  •  

काठमाडौँ, २० पुस (ओएनएस) : एकीकृत नेकपा (माओवादी)को नेतृत्वको ३० दलीय मोर्चाले १० प्रदेशको प्रस्वाव पेश गर्ने तयारी गरेको छ ।

संविधानको विवादित बिषयमा मोर्चाले साझा अवधारणा तय गर्ने विषयमा आइतबार सिंहदरबारमा छलफल गरेको छ । छलफलमा मोर्चाको कार्यदलले तयार पारेको प्रतिवदेशमा छलफल भएको छ ।

कार्यदलले पहिचानसहितको १० प्रदेश, जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट अनुमोदित प्रधानमन्त्री रहने तथा दुवैको अधिकारबारे संविधानमै उल्लेख रहनेलगायतको प्रस्ताव तयार पारेको छ ।

मोर्चाको कार्यदलले तयार पारेको अवधारणामा ३० दलका नेताहरुले आ–आफ्नो धारणा राख्दै त्यसमा केही परिमार्जन गर्न आवश्यक रहेको बताएपछि आइतबार अवधारणाले पूर्णता नपाएपछि सोमबार पूर्णत पाउने बताइएको छ ।

संविधानसभाभित्र रहेका १९ दल र संविधानसभा बाहिर रहेका ११ दलको संयुक्त मोर्चाले सहमतिका आधारमै संविधान जारी गर्न दबाब दिने उद्देश्यले साझा अवधारणा तयार पार्न लागेको जनाएको छ ।
सत्तारुढ काँग्रेस एमालले ल्याएको साझा प्रस्तावमा विमती जनाएको मोर्चाले छुट्टै प्रस्ताव तयार पार्न लागेको हो ।

दलहरुबीच राज्यपुर्नसंरचना, शासकिय स्वरुप, न्याय प्रणाली लगायतको बिषयमा विवाद बढ्दा संविधान जारी गर्ने अन्तिम मिति माघ ८ मा संविधान आउने संभावना क्षीत बन्दै गएको छ ।


  •  
  •  
  •