‘इन्धनका लागि चीनसँग न्युनतम ३ वर्षको सहमति’

151
  •  
  •  
  •  

dinanath sharmaभक्तपुर, १६ कात्तिक(ओएनएस) : एकीकृत नेकपा (माओवादी)का प्रवक्ता दिनानाथ शर्माले कांग्रेसकै उच्च तहका नेताहरुका कारण राष्ट्रपतिको पद गुमाएको बताएका छन् ।

भक्तपुरमा आयोजित साक्षत्कार कार्यक्रममा प्रवक्ता शर्माले कृष्ण सिटौलाको नाममा भएको सहमतिलाई कांग्रेसका नेता शेरबहादुर देउवा र रामचन्द्र पौड्लले लिखित सहमति गर्न नमानेपछि राजनीतिक सहमतिको अन्त्यसँगै राष्ट्रपतिको पद गुमाएको बताए । उनले कांग्रेसलाई अहिले पनि समेटेर सहमतिको राजनीतिलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।

शर्माले भारतले गरेको अघोषित नाकाबन्दीले भारत असल छिमेकी नभएको नयाँ पुस्ताले जानकारी पाएको बताएका छन् । विगतमा भारतको नाकाबन्दी झेलेका पुस्ताले भारतले नेपाललाई जतिबेला पनि दुःख दिने छिमेकी भएको जानकारी भएता पनि २०४६ साल पछिको पुस्ताले भारत असल छिमेकी नभएको जानकारी पाउन सकेको थिएन र यो नाकाबन्दीले भारत कुटिल छिमेकी भएको नयाँ पुस्ताले समेत जानकारी पाएको बताएका छन् ।

नाकाबन्दीले नेपालीको जीवन अस्तब्यस्त बनेता पनि यो नाकाबन्दीले अन्य देशसँगको सहकार्य गरि अन्तरसम्बन्ध बृद्धि र आयत निर्यातको बाटो खुलेको उनले बताए । उनले भने, ‘ईन्धनको समस्या समाधानको वैकल्पिक उपायको खोजीमा चीनले अनुदानको इन्धन उपलब्ध गराएता पनि न्यूनतमा तीन वर्षका लागि अर्को सहमति हुने र यसले इन्धनको अभावमा सहजता आउने छ ।’ चीन तर्फका सम्भव भएका सबै नाका खोल्न सरकार लागे यसले अझै आयत निर्यातमा सहजता आउने भएपनि नेपालले भारतसँगको सम्बन्धलाई सुधार गर्दै पैसा तिरेर सामान खरिद गर्ने वातावरण मिलाउनु पर्नेमा उनले जोड दिए ।

तराई अन्दोलनका जायज माग पुरा गर्नु पर्नेमा एमाओवादी पहिले देखिनै उभिएको र संविधान संशोधन गर्दै थारु र तराईका जायज मागको सम्बोधन गरिने उनको भनाई थियो । शर्माले हाल सरकारमा गएका मन्त्रीहरुलाई आफ्नो पार्टीले जारी गरेको आचारसंहिताको पालन नगरे जतिखेर पनि मन्त्रीबाट फिर्ता बोलाउने बताएका छन् ।

नेपालमा कम्युनिष्टहरुको एकता विषय उठान तत्कालै सम्भव नभएको र कुनै छलफल नभएको र कालान्तरमा एकता हुने सम्भावनलाई अस्विकार गर्न नसकिने उनको भनाई थियो ।


  •  
  •  
  •