मन्त्रिपरिषद् तेस्रो पटक विस्तार, थपिए ११ मन्त्री र ४ राज्य मन्त्री(नामावलिसहित)

335
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। ओलीले आफ्नै पार्टी नेकपा एमालेबाट मन्त्रीमा ६ तथा राज्यमन्त्रीमा ३ नेता लार्इ सरकारमा सहभागी गराएका छन्।

त्यस्तै ओलीले सत्ता गठबन्धनको तेश्राे ठूलो दल माओवादी केन्द्रबाट मन्त्री ५ र राज्यमन्त्रीमा १ नेतालार्इ सरकारमा सहभागी गराएका हुन्।

दुवै दलकाे ११ मन्त्री र ४ राज्यमन्त्री गरी १५ जना नेता सरकारमा सहभागी गराएका छन्।

नयाँ ११ मन्त्री र ४ राज्यमन्त्रीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी हुन्।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश दीपकप्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो।

एमालेबाट मन्त्रीहुनेहरु

प्रदिप ज्ञवाली – परराष्ट्रमन्त्री
रविन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन
गोकर्ण विष्ट – श्रम तथा रोजगार
रघुवीर महासेठ – भौतिक पुर्वाधार तथा यातायात
जगत विश्वकर्मा – युवा तथा खेलकुद
शेरबहादुर तामाङ – कानुन, न्याय तथा संसदीय व्यवस्था

एमालेबाट राज्य मन्त्री हुनेहरु

गोकुल बास्कोटा –सन्चार तथा तथा सूचना प्रविधि
पद्मा अर्याल – स्वास्थ्य तथा जनसंख्या
धनबहादुर बुढा – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

माओवादीबाट मन्त्रीहुनेहरु

वर्षमान पुन – उर्जा, जलश्रोत तथा सिंचाई
शक्तिवहादुर बस्नेत – बन तथा वातावरण
गिरिराजमणि पोखरेल – शिक्षा र विज्ञान तथा प्रविधि
चक्रपाणी खनाल – कृषि तथा सहकारी
बिना मगर – खानेपानी

एमालेबाट राज्य मन्त्री हुने

रामकुमारी चाैधरी – कृषि तथा सहकारी


  •  
  •  
  •