संविधानको मस्यौदा लेख्न एमाओवादी सहमत

171
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख (ओएनएस) :  संविधान निर्माण प्रक्रियामा विवाद समाधान भएको विषयलाई मस्यौदामा लैजान एमाओवादीले सैद्धान्तिकरुपमा सहमति जनाएको छ ।

बालुवाटारमा सोमबार विहान बसेको तीन दलको बैठकमा एमाोवादीले समाधान भएको विषयलाई मस्यौदामा लाग्नको लागि सकारात्मक कुरा गरेको हो । बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक अग्नी खरेलले विवाद अन्त्य भएका विषयमा मस्यौदा बनाउन एमाओवादी तयार भएको बताए ।

‘विवाद अन्त्य भैसकेका विषयमा मस्यौदा लेख्नको लागि एमाओवादी सैद्धान्तिक रुपमा तयार भएको छ । ’ खरेलले भने,  ‘ यसले बैशाख १० गते बोलाइएको बैठकमा एमाओवादीले भाग लिने वातावरण बन्दै गएको देखाउछ । ’

दलहरुबीच संघीयता बाहेक अन्य विषयमा सहमति भैसकेको छ । संघीयता बाहेका अन्य विषयमा सहमति बनेपछि एमाओवादीले यी विषयमा मस्यौदा लेख्न सहमति जनाएको हो ।

विवाद भएको विषयमा समाधान निकाक्ने जिम्मा शीर्ष तीन नेतालाई दिइएको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार धेरै विषयमा विवाद अन्त्य भैसकेको अवस्थामा बाँकी विवाद मिलाउने जिम्मा शीर्ष नेतालाई दिइएको छ । प्रधानमन्त्री इन्डोनेसियामा भ्रमणमा सोमबार जाने भएकोले उनको तर्फबाट कांग्रेसले आफ्नो प्रतिनिधि पठाउनेछ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आइतबार साँझ पदाधिकारी बैठक डाकेर छलफल गर्दै , संविधानमा शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्यायप्रणालीका विवादीत विषयमा टुंगोनजिक पुगेका दलहरु संघीयतामा जाँदा प्रदेशको संख्यामा मात्र अड्कीएका थिए । असार मसान्तसम्म संविधान जारी गर्ने डेट लाइन हुने गरी सहमतिमा अघि बढ्न छलफल थाल्ने एमाअ‍ोवादी सचिव तथा प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताएका थिए ।


  •  
  •  
  •