३ पत्रकारमाथि आक्रमण

153
  •  
  •  
  •  

डडेल्धुरा, १९ चैत्र(ओएनएस) : डडेल्धुरामा गएराति ३ जना पत्रकार माथि सांघातिक आक्रमण भएको छ । कार्यालयको काम सकेर कोठातर्फ आउने क्रममा गोरखापत्र दैनिकका डडेल्धुरा सम्वाददाता जनक ऐडि, रेडियो सुदुर आवाज डडेल्धुराका समाचार प्रमुख कुन्दन पाण्डेय र रेडियो सुदुर आवाज डडेल्धुराका कार्यक्रम प्रमुख माघव सापकोटा माथि सांघातिक आक्रमणका साथै गाली गलौच र कुटपिट भएको हो ।

डडेल्धुराको अमरगढि नगरपालिका ५ विद्युत रोड बस्ने पिटर नाम बताउने ब्यक्तिले मदिरा सेवन गरि काम सकेर कोठा आउने क्रममा गाली गलौच र कुटपिट गरेको गोरखापत्र दैनिकका डडेल्धुरा सम्वाददाता ऐडिले बताएका छन् । पिटरको हेलमेट प्रहारबाट पत्रकार ऐडि बेहोस समेत भएका पत्रकार पाण्डेयले बताएका छन् ।

एक्कासी पछाडिबाट मोटरसाईकलको हेलमेटले प्रहार गरेको समेत उनले बताएका छन् । पत्रकार ऐडिको टाउको, मुख, शरिरमा गम्भिर चोट लागेको छ । पत्रकार ऐडरको उपक्षेत्रीय अस्पतालका उपचार गरिएको छ । पत्रकारद्धय पाण्डेय र सापकोटा माथि पनि गाली गलौच र हात पात गरेको बताईएको छ ।

रातीको समय भएकाले पत्रकारहरु माथि सांघितिक आक्रमण पछि पनि पत्रकारद्धय पाण्डेय र सापकोटाले सम्झाउन खोज्दा तिनै जनालाई ज्यान मार्ने धम्कि समेत दिएको पत्रकार सापकोटाले बताएका छन् ।

आक्रमण पछि पत्रकारहरुको मर्यादालाई ध्यानमा राखेर आफुहरुले आक्रमणको प्रतिकार नगरेको समेत उनीहरूले प्रस्ट पारेका छन् ।  घटनाको उचित छानबिन गरि आक्रमण गर्ने पिटरलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने माग समेत उनीहरूले गरेका छन् ।

के कारणले पत्रकार माथि आक्रमण र गाली गलौचका साथै कुटपिट भएको भन्ने बारेमा खुल्न सकेको छैन् । घटनाको बिषयमा आक्रमणकारी पिटरलाई समाते पछि थाहा हुने जिल्ला प्रहरि कार्यालय डडेल्धुराले बताएको छ ।

आक्रमणकारी पिटर विभिन्न समयमा मोटरसाईकल तोडफोड, चोरी, डकैतीमा समेत संलग्न रहेको जिल्ला प्रहरि कार्यालय डडेल्धुराले जनाएको छ । आक्रमणकारी पिटर फरार भएकाले खोजतलास गर्ने क्रम जारिरहेको समेत बताईएको छ ।


  •  
  •  
  •