च्यापिएर तीनजनाको मृत्यु

135
  •  
  •  
  •  

धनगढीं ६ चैत (ओएनएस) :  डोटीमा ढुङ्गा निकाल्दै गर्दा तीन जनाको मृत्यु भएको छ । डोटीको डौड गाबिसमा ढुङ्गा निकाल्दै गर्दा च्यापिएर ३ जनाको मृत्यु भएको हो । अन्य एक जना गम्भीर घाईते भएका छन् ।

गाबिसको भल्मा भन्ने ठाउमा घरको छानामा लगाउने ढुङ्गा/पत्थर निकाल्दै गर्दा डौड गाबिस वर्डा नम्बर ३ का ३० बर्षिय खलि बिष्ट,३२ बर्षिय भतm बिष्ट र ४० बर्षिय कन्थे बिष्टको मृत्यु भएको गाबिस सचिब लाल बहादुर बोगटीले जानकारी दिए ।  गम्भीर घाईते लाल बहादुर बिष्टलाई उपचारको लागी नेपालगञ्ज रिफर गरीएको छ ।


  •  
  •  
  •