विद्यार्थी संगठनको सरकारलाई तीन दिने अल्टिमेटम

281
  •  
  •  
  •  

काठमाडौँ, १२ जेठ(ओएनएस) : संयुक्त विद्यार्थी संगठनले सरकारको अनुगमन प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।

संयुक्त विदयार्थी संगठनको बुधबार बसेको बैठकमा निजी विद्यालयले मनपरी शुल्क लिने विद्यालयलाई सरकारले कारबाही नगरेको सम्बन्धमा छलफल भएको हो । बैठकले निजी विद्यालयले मनपरी शूल्क लिने गरेको भएपनि सरकारले कारबाहीको कुनै प्रक्रिया अगाडि नबढाएको भन्दै त्यस सम्बन्धमा शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

विद्यार्थी संगठनले शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गराएको तीन दिन भित्र सरकारले माग पुरा नगरे कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव समेत बैठकले पारित गरेको नेविसंघका प्रवक्ता यूपी लामिछानेले बताए ।

सरकार विद्यार्थी संगठनबीच बढी शुल्क लिने विद्यालयको अनुगमन गर्ने र बढी शुल्क लिएको पाइए कारवाही गर्ने सहमति भएको थियो।

उक्त सहमति अनुसार सरकारले अनुगमन गरेको तर, त्यसको विवरण सार्वजनिक नगरेको भन्दै विवरण सार्वजनिक गर्न विद्यार्थी संगठनले दबाब दिँदै आएका छन् ।


  •  
  •  
  •