मोदी भ्रमण बारे प्रमुख तीनदलको बैठक आज पनि

190
  •  
  •  
  •  

काठमाडौं १३ साउन (ओएनएस) :
भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका एजेण्डा तय गर्न तीनदलको वैठक आज पनि बस्दैछ । मादीको भ्रमणलाई हितमा केन्द्रित गर्न नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले छलफलमा जुटेका हुन् ।

बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको र भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला गर्ने सहयोगसम्बन्धीे सम्झौताका लागि सम्बन्धित मन्त्रीलाई समेत आमन्त्रण गरेर आज बैठक बस्न लागेको कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा छिट्टै सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजविन आयोग गठन गर्ने एवम् संविधान निर्माणका लागि सहमति कायम गर्न राजनीतिक संवाद सहमति समितिमा रहेका शीर्ष नेताहरु रहने एक समिति निर्माण गर्ने विषयमा समेत छलफल भएको उपसभापति पौडेलले बताए।

बैठकमा संविधान निर्माणमा सहभागी बनाउन संविधानसभा बाहिर रहेका दल एवम् विभिन्न समूहसँग राजनीतिक संवाद सहमति उपसमितिले गरिरहेका वार्ता र छलफलबारे जानकारी गराइएको एमालेका उपाध्यक्ष भीम रावलले बताए।


  •  
  •  
  •