प्रमुख तीनदल छलफलमा, कार्यतालिका संसोधन हुँदै

71
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक (ओएनएस) :  निर्धारित कार्यतालिकाभित्र संविधानका विवाद समाधान गर्न नसकेका दलहरु अब कार्यतालिका हेरफेर गर्ने प्रयासमा लागेका छन् । माघ ८ गते संविधान जारी गर्ने कार्यतालिका यथावत राख्दै उनीहरु कार्यतालिका संसोधन गर्दैछन् । बिहान सिंहदरबारमा बस्ने तीनदलका शीयर्ष नेताहरुसहितको बैठकले संविधानका विवादित विषयमा सहमतिको प्रयाससँग्र, प्रक्रियामा जाने विषयमा पनि सहमति खोज्नेछ ।

दलहरुले कात्तिक ३ गते कार्यतालिका स्रसोधन गर्ने अनौपचारीक सहमति गरिसकेका छन् । दलहरुले बनाएको कार्यतालिका अनुसार माघ ८ मा नयन संविधान जारी गर्न यतिबेला पहिलो मस्यौदा तयार भई राजपत्रमा प्रकाशन भइसक्नुपर्ने हो । असोज अन्तिम आजसम्म जनताका बिचमा छलफलका लागि पठाइ सक्नुपर्ने हो । तर असोज सकिन लाग्दा पनि दलहरु संविधानका मुख्य विवादित विषयमा छलफलमै रहेका छन् ।

कात्तिक मसान्तसम्म मस्यौदामाथि आउका नागरिकका सुझाव समटेर मंसिर मसान्तसम्म अन्तिम प्रतिवेदन संविधानसभामा पेश गर्ने कार्यतालिका छ । तर, मस्यौदा बनाउने र जनतामा पठाउने कार्यतालिका भंग भइसकेको छ ।
मस्यादौ नै बन्न नसकेको अवस्थामा जनतामा पठाएर कात्तिक मसान्तमा सुझाव संकलन गर्न पनि अब कागजमै सिमित हुने देखिएको छ । दलहरुले सहमति वा प्रक्रिया कसरी विवाद टुङ्गो लगाउने भन्ने विधिसमेत टुङ्गो लगाएका छैनन । सहमति हुन नसके चुनावी प्रक्रियामा जानुपर्नेमा संवैधानिक समितिका सभापति बाबुराम भट्टराई सहमति भएपनि उनको पार्टी एकीकृत माओवादी र मधेसी दल विपक्षमा छन् ।


  •  
  •  
  •