साझा धारणा बनाउन प्रमुख दल बालुवाटारमा

123
  •  
  •  
  •  

काठमाडौं १७ मंसिर (ओएनएस) मधेसी मोर्चाका मागका विषयमा साझा धारणा बनाउन प्रमुख दल छलफलमा जुटेका छन् । मोर्चाले राखेका ११ बुँदामा एकमत देखिएपछि मोर्चालाई वार्तामा बोलाइनेछ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा मधेसी मोर्चाले राखेको ११ बुँदे मागमा साझा धारणा बनाउने गरि छलफल हुनेछ ।

हिजो दलहरुले मधेसी मोर्चासँगको आजको वार्ता निर्णायक वताएको भएपनि अन्तिम समयमा वार्ता स्थगित भएको थियो । मधेसी मोर्चाका शीर्ष नेताहरु नआएकाले हिजो वार्ता हुन नसकेको र आज मोर्चाले अघि सारेका मागमा मसिनो गरि छलफल हुने एमाले बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । साझा धारणा बनाएपछि अर्को मिती तय हुनेछ ।


  •  
  •  
  •