आवासीय बैठकका लागि शीर्ष नेताहरु गोकर्ण रिसोर्टमा

109
  •  
  •  
  •  

काठमाडौं ४ कात्तिक (ओएनएस) : संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख दलहरु गोप्य छलफलमा जुटेका छन् । कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु सहयोगीलाई लिएर छलफलका लागि गोकर्ण रिसोर्टमा पुगेका छन् । आज र भोलि आवासीय छलफल गर्ने गरि व्यवस्था मिलाइएको छ ।

संविधानमा साशकीय स्वरुप, संघीयता, न्याय र निर्वाचन प्रणालीमा आज पार्टीगत अडान राखेपछि भोलि बिचको बाटोमा सहमति खोजिनेछ । सत्तारुढ कांग्रेस र एमाले नजिक हुने प्रयास गरेका छन् । दुवै दल ७ प्रदेशको अडानमा छन् । एमाओवादी १० प्रदेश भन्दा तल झर्न नसकिने अडानमा छ ।

बैठकमा कांग्रेसबाट पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल छन् । एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।


  •  
  •  
  •