शिर्ष नेता नआएपछि तीन दलको छलफल रोकियो

125
  •  
  •  
  •  

काठमाडौं, ११ असोज (ओएनएस) : शिर्ष नेता नआएपछि सहमतिका लागि भन्दै बोलाईएको मुख्य तीन दलको बैठक शनिबारको एकछिन मात्रै बसेर सकिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नआएपछि आईतबार विहान ८ बजे वस्ने भन्दै बैठक सकिएको थियो ।

तीन दलको बैठकमा जानुअघि संवैधानिक राजनीतिक तथा संवाद सहमति समितिका सभापति डा. बाबुराम भट्राईले संविधानका विवादित विषयका लागि सहमति खोज्न ‘ अनौपचारिक छलफल’ भनेका थिए ।

बेलुकी पाँच बजे संसद सचिवालय, सिंहदरबारमा बोलाईएको बैठकमा कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महमन्त्री कृष्ण प्रसाद सिटौला,सह–महामन्त्री पूर्णबहादुर खड्का थिए भने नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विद्या भण्डारी, महासचिव ईश्वर पोख्रेल उपस्थित थिए ।

एकीकृत माओवादीबाट डा. बाबुराम भट्टराई, महासचिव कृष्णबहादुर महरा सहभागि थिए । सहमति समितिका सभापति समेत रहेका नेता डा. भट्टराईले विहान बैठक गर्ने समय मिलाएपनि शिर्ष नेता नआएका कारण बैठक स्थगित भएको जानकारी दिए ।

एमाले उपाध्यक्ष विद्या भण्डारीले संविधानका विवादित अन्र्तवस्तुमा छलफल गर्न बैठक वस्ने भनेपनि शिर्ष नेता नभएकाले छलफल नभएको बताईन् । उनले भोली विहान ८ बजे फेरी बैठक बस्ने जानकारी दिईन् ।

सहमति समितिले संविधानका विवादित विषयमा असोज १४ गतेसम्म सहमति गर्ने जिम्मा पाएपनि मुख्य दलहरुबीच अझै गम्भिर भएर छलफल भएको छैन । सहमतिका लागि भन्दै शनिबार बेलुकी बैठक बोलाईएपनि एमाले अध्यक्ष केपी ओली दिउँसो संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिका एकै छिन आएर फर्किएका थिए भने एमाओवादी अध्यक्ष प्रचण्ड उपाध्यक्ष पोष्टबहादुर वोगटीको श्रद्धाञ्जली सभामा भाग लिन नुवाकोट गएका थिए ।


  •  
  •  
  •  

Comments are closed.