तीन दल आवासीय वैठकको तयारीमा

61
  •  
  •  
  •  

काठमाडौं २ कात्तिक ।
निरन्तर छलफल गर पनि सहमतिमा पुग्न नसकेका प्रमुख तीन दलले आम संविधानका विवादित विषयमा सहमति खोज्न आवासीय बैठकको तयारी गरेका छन् । मंगलवार बिहीबार निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।
राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणाली लगायतका विषयमा दलहरुबचि कुरा मिल्न सकेको छैन । शनिवार बसेको कांग्रेस, एमाले र एकीकृत माओवादीका बैठक पनि बिनानिष्कर्ष सकियो ।
तिहारअघि नै निष्कर्षमा पुग्ने गरी छलफल घनीभूत बनाउने नेताहरुले बताएका छन् । एमाले उपाध्यक्ष भीम रावलले अब बस्ने संविधानसभा बैठकपछि मंगलवार र बुधवार निणर्ायक छलफल हुन बताए । ‘प्रमुख दलबीच नियमित जस्तो बैठक भइरहेका छन् । तर अब आवासीय जे भने पनि विवादित विषयमा ४ र ५ गते घनीभूत छलफल गर्ने भन्ने छ,’ उनले भने । आइतवार संविधानसभा बैठक बस्दैछ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •