मुख्य तीन दलको बैठक विना निष्कर्ष सकियो

101
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक (ओएनएस) : सहमतिका लागि भन्दै बसेको मुख्य तीन दलको बैठक शनिबारपनि विना निष्कर्ष सकिएको छ ।

राज्यपुर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सहमतिका लागि बसेको बैठक पुरानै अडानमा अल्झिएपछि सिंहदरबारमा बसेको बैठक विनानिष्कर्ष सकिएको हो । बैठकपछि संवैधानिक,राजनीतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बाबुराम भट्टराईले भने,‘ प्रमुख तीन दलकाबीचमा एक अर्काप्रति अविश्वास होईन समझादरी कायम गरेर अगाडी बढ्नुपर्छ भन्ने सहमति भएको छ ।’

भेट्टराईले अब निष्कर्षमै पुग्ने गरेर छलफल अगाडी बढाउनुपर्नेमा सबैले जोड दिएका छन् । उनले भने,‘यसपटक हामीले औपचारिक छलफलमात्रै भन्दा पनि साँच्चिकै निर्णयमै पुग्ने ढंगले अगाडि बढ्नुपर्छ र त्यसका लागि छलफलको एउटा वातावरण पनि हामीले निर्माण गर्नुपर्छ र द्वन्द्व व्यवस्थापनको क्षेत्रमा चर्चामा रहेका विभिन्न विधिहरुको पनि अधिकतम सदुपयोग गर्दै सहमति निर्माण गरेरै छाड्ने ढंगले गम्भीर वार्ताप्रक्रियामा प्रवेश गर्नुपर्छ भन्ने समझदारी भएको छ ।’

बैठकमा संविधानसभाको परामर्शसमिति बैठकमा के परामर्श दिनेभन्ने विषयमा पनि छलफल भएको जानकारी भट्टराईले दिए ।


  •  
  •  
  •