तीनदलका शीर्ष नेताहरु गोप्य छलफलमा

135
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) : संविधानका विवादित विषयमा सहमति खोज्न भन्दै शीर्ष दलका नेताहरु गोकर्ण रिसोर्ट पुगेका छन् ।

‘ गम्भिर वार्ता गर्न भन्दै’ नेपाली कांग्रेस,एमाले र एमाओवादीका शीर्ष नेता रातभरी छलफल गर्न भन्दै काठमाण्डौंको गोकर्ण रिसोर्ट पुगेका हुन् । बेलुकी सिंहदरबारमा बैठक बस्ने भनेपनि संवैधानिक,राजनीतिक,संवाद तथा सहमति समितिका सभापति डाक्टर बाबुराम भट्टराईको पहलमा शीर्ष नेता रिसोर्टमा पुगेर‘गोप्य’ छलफलमा जुटेका हुन् ।

रातभरी छलफल गरेर शुक्रबार ११ बजे बस्ने संवैधानिक,राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा प्रस्ताव पेश गर्ने नेताहरुको तयारी छ । भट्टराईले आज रातभरी बसेर संविधानका विवादित विषयमा सहमति गर्न नेताहरुलाई आग्रह गरेका छन् ।


  •  
  •  
  •