दलहरुबीच सहमति बन्न सकेन, बैठक पुन बस्ने

87
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस) संविधानका विवादित विषमया सहमित जुटाउन बसेको प्रमुख तीन दलको बेठक विना निष्कर्ष सकिएको छ । आइतवार विहान सिंहदरवारमा बसेको बैठकमा संविधानका विवादित विषयमा छलफल भएपनि दलहरु आफ्नो अडानबाट पछाडि नहटेपछि आज २ बजे पुन बस्ने गरी बैठक सकिएको हो ।
बैठकमा कांग्रेसले सार्वजनिक गरेको राज्यपुर्नसंरचनाको प्रस्तावका विषयमासमेत छलफल भएको थियो ।

संवाद समितिका सभापति एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले कुनै पनि हालतमा आज सहमति गर्नुपर्ने भन्दै शीर्ष नेतासमक्ष प्रस्ताव राखेका कारण बैठक पुन बस्ने गरी स्थगित भएको हो । भट्टराईले संविधानसभाबाट थप समयभित्र विवादित विषयमा सहमति गर्नुको विकल्प नभएको भन्दै आजै निष्कर्षमा पुग्न आग्रह गरेका थिए ।
सत्तारुढ दलहरुले भने सकेसम्म सहमति गर्ने, सहमति बन्न नसके प्रक्रियामा गएर भएपनि संविधान जारी गर्ने बताउँदै आएका छन भने एमाओवादीलगायतका दलले भने सहमतिबाटै संविधान जारी गर्नुपर्ने अडान राखेका कारण सहमति बन्न सकेको छैन् ।


  •  
  •  
  •