तीन दलको गोप्य बैठकमा ‘नपत्याउदो’ प्रस्ताव

168
  •  
  •  
  •  

काठमाडौ, २४ असोज (ओएनएस) : संवैधानिक राजनीतिक संवाद सहमति समितिलाई सहमति जुटाउनका लागि कति समय थप्ने भनेर छलफल गर्न तीन दलका शीर्ष नेता विहान संविधानसभा भवनमा बसेका थिए । त्यसैबीचमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ बैठकमा छिरे ।

एकछिनपछि समिति सभापति डाक्टर बाबुराम भट्टराईसँग अध्यक्ष नेम्वाङको कुरा भयो । भट्टराईले भने,‘यै २६ गते नै हाम्रो सबै सहमति हुन्छ अब हामी जसरी पनि टुंग्याउछौँ किन समितिलाई समय तोक्न प¥यो र ?’ तर संविधानको विवादित विषयमा तत्काल कुरा मिल्ने छाँट अझै छैन । २ दिन भित्रै सहमति गछौँ भनेपनि संविधानसभाका अध्यक्ष नेम्वाङ एकछिन आश्चर्यमा परेका थिए । यस्तो कुरा सुनेपछि नेम्वाङले भने,‘त्यसो भए २७ गतेसम्मको समय तोकेर संविधानसभाको बैठक बोलाउँ त ? २६ गते नै टुंग्याउने भए त्यै बेलुकी समितिको प्रतिवेदन ग्रहण गर्छु २७ गते संविधानसभाको बैठक बोलाउँछु ।’

यति भनेपछि नेताहरु फिस्स हाँसेका थिए । अध्यक्ष नेम्वाङसँग भट्राईले प्रतिवेदन संविधानसभाको बैठकमै रहोस् भन्ने आशय व्यक्त गरेका थिए र यसमा अन्य नेताहरुको सहमति पनि देखिन्थ्यो ।

स्रोतले भन्यो,‘ उहाँहरु संविधानसभामै प्रतिवेदन भईरहोस भन्ने थियो सायद बैठकमा भए छलफल लम्बाउन सजिलो हुन्छ भनेर हो की ?’ सवाल जवाफ भईरहदा भट्टराईले,‘अब हामी जसरी पनि टुंग्याउने नै भयौँ, हामी गम्भिर छौँ ।’ नेम्वाङले सबै नेताको अगाडी,‘ त्यसो भए छिटै टुंगिए छ भने छिटै प्रतिवेदन ग्रहण गरौँला तर समितिमा त पठाउनुपर्छ’ भनेपछि दलहरु हच्किएका थिए ।

छलफल जारी रहेको भन्दै समय थपको आशयसहितको प्रतिवेदन संविधानसभाको बैठकमा पेश गरेका समिति सभापति भट्टराईले समितिलाई समय थप्न आग्रह नगरेको दाबी सहित सामाजिक सञ्जाल टुईटरमा भनेका छन्,‘संवाद समितिले संविधानसभाबाट थप समय नमागेपनि संविधानसभाको बैठकले संविधानका सहमति कायम हुन नसकेका विषयमा सहमति काम गर्ने प्रयत्न गर्न असोज भर समय दिएको छ ।

यसले पनि समितिलाई समय थपेर पनि सहमति नभए आउने अपजसबाट भट्टराई बच्न खोजको देखिन्छ । स्रोतका अनुसार दलहरु समितिको प्रतिवेदन संविधानसभामै राख्दा समय लम्बिन्थ्यो । स्रोतले भन्यो,‘ दलहरु किन यसो गर्न चाहन्थे थाहा छैन ।’ संविधानसभामा प्रतिवेदन रहदा सहमति नभएपनि समय व्यथित गर्न सजिलो हुन्थ्यो भने समितिमा पठाउँदा दबाव भएको छ ।


  •  
  •  
  •