९ प्रदेश र सुधारिएको संसदीय ब्यवस्थामा सहमतिको प्रयास

63
  •  
  •  
  •  

काठमाडौं १९ भदौ (ओएनएस) : सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिका विषयमा आजको छलफल केन्द्रित रहने भएको छ । प्रमुख दुई दलले संघियतामा लचकतासहित ‘सुधारिएको संसदीय व्यवस्था लागू गर्न साझाधारणा बनाएका छन् । आज दिनभरीको छलफल दुईदलको धारणाामा केन्द्रित गराउने काेंस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । कांग्रेस एमालेले यसअघि संघियतामा ५ देखि ७ प्रदेशको अडान राख्दै आएकोमा ९ प्रदेशमा जान सकिने धारणा बनाएका छन् । तराईमा दुई प्रदेश सहित ९ प्रदेशको प्रस्तावमा एमाओवादीलाई सहमति गराउने तयारी छ । कांग्रेस एमाले बढ्न तयार रहेकाले एमाओवादी घट्न तयार हुनुपर्ने बडुले ओएनएस लाई बताए ।

त्यस्तै शासकीय स्वरुपमा कार्यकारी प्रधानमन्त्री र आलंकारीक राष्ट्रपतिको एमाले प्रस्तावमा सहमति जुटेको छ । त्यसमा एमाओवादी पनि नजिक छ । यस्तो व्यवस्थामा संसदले निर्वाचित गरेको प्रधानमन्त्री देशको प्रमुख कार्यकारी हुनेछ भने राष्ट्रपति राष्ट्राध्यक्षका रुपमा आलंकारिक हैसियतको रहनेछ। राजनीतिक स्थायित्वका लागि संविधान र नियमावलीमा के कस्तो प्रावधान राख्ने भन्नेमा भने दुई दलबीच सहमति जुट्न बाँकी छ।


  •  
  •  
  •