काठमाडौं । संसद विघटनविरुद्ध तीन दलले प्रतिवाद गर्ने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा), कांग्रेस र जनता समाजवादीको आइतबार बसेको बैठकले सरकारको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको हो।
बैठकमा सत्तारूढ दल नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी थिए।
कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.मिनेन्द्र रिजाल र बालकृष्ण खाँण सहभागी थिए। जनता समाजवादी पार्टीबाट डा.बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए।
कांग्रेसले तीन दलको बैठक सोमबार दिउँसो बोलाएको छ।