पहिलो पटक डेटिङका लागि रोज्नुस् यी तीन रंग

404
  •  
  •  
  •  

couple-datingयुवायुवती दुवैमा पहिलो डेटको विषयलाई लिएर मनमा विभिन्न किसिमको कुराहरू खेल्ने गर्छ । पहिलो पटक कसैसँग भेट्न जानु एक अनौठो अनुभव हुन्छ । डेटमा जानुअघि युवायुवतीको फरक-फरक कुरा मनमा खेल्ने गर्छ । दुवैले सम्भावित जीवनसाथीसँगको भेटमा कस्तो कुरा गर्ने, भेटको सुरूवातमा के गर्ने, यदी होटेलमा भेट हुन्छ भने के अर्डर गर्ने, कसरी आँखा जुधाउने जस्ता प्रश्नहरू दुवैको मनमा उब्जिएको हुन्छ ।

तर, दुवैलाई मूख्य रूपमा के डर हुन्छ भने आफ्नो बारेमा सम्भावित जीवनसाथीलाई केही कुरा मन परेन भने ? यो एउटा यस्तो प्रश्न हो जसलाई लिएर एक युवती तथा युवक दुवै समान रूपले चिन्तित रहन्छन् । यस्तोमा आफ्नो कुराकानी गर्ने तरिकासहित लगाउने, खाने तरिकाका बारेमा पनि विचार गर्नु आवश्यक हुन्छ ।

यो नै पहिलो अवसर हो जुन समय दुवैले जना एकसाथ बसेर आफूलाई मनपर्ने कुराहरू खोल्छन् । यो एउटा खास अवसर हो र यो खास अवसरलाई आफ्नो लगाई यस्तो हुनुपर्छ जसलाई देखेर आफ्नो सम्भावित जीवनसाथी प्रभावित होस् । हुन सक्छ, डेटका लागि आफूलाई मन पर्ने लुगा लगाउन सक्नुहुन्छ तर, आफूलाई मन पर्ने लुगा लगाउँदा आफ्नो अगाडि बस्नेलाई पनि त्यो लुगा मन परोस् भन्नेमा ध्यान दिन जरूरी हुन्छ ।

पहिलो डेटका लागि लुगा छान्दा लुगाको रंगलाई विषेश ध्यान दिनुपर्छ । हरेक रंगले एउटा सन्देश दिन्छ, यस्तोमा लुगाको रंगमा ध्यान दिनु जरूरी हुन्छ । आफूले छान्ने रंगले आफ्नो भावनालाई समेत उजागर गर्ने हिसाबले लुगाको रंग छान्नु पर्छ ।

यदी पहिलो डेटमा जाने तयारीमा कोही युवायुवती छ भने यस्ता रंगका लुगा छान्नु राम्रो हुन्छ ।

– नीलो रंग : केही अध्ययनहरूमा नीलो रंगलाई महिला र पुरूष दुवैले समान रूपले मन पराउँछन् । एक अध्ययनका अनुसार ३३ प्रतिशत महिलालाई निलो रंग मन पर्छ भने ५७ प्रतिशत पुरूषलाई यो रंग सुहाउँछ । यो रंग सुरक्षाको भावनाका लागि हुन्छ । यो रंग निर्भरता र मानसिक सक्रियताको पनि प्रतिक हो । यदी आफूमा यस्ता गुण छन् भन्ने लागे आफ्नो सम्भावित जीवनसाथीले आफ्नो यी गुण थाहा पाओस् भन्नका लागि यो रंगको लुगा लगाउनु उपयुक्त हुन्छ ।

– काला रंग : यो पनि एउटा राम्रो रंग हुन सक्छ । यस रंगलाई रहस्यसँग जोडेर हेरिन्छ । कालो रंग यस्तो रंग हो जसले आफ्नो अगाडि भएको व्यक्तिमाथी आफ्नो प्रभाव छोड्ने काम गर्छ । यो रंग मजबुतीको प्रतिक पनि हो । यस्तोमा यदी आफ्नो सम्भावित जीवनसाथिलाई आफ्नो यो गुणको बारेमा जानकारी दिनका लागि कालो लुगा लगाउनु उपयुक्त हुन्छ ।

– रातो रंग : यदी कुनै व्यक्तिलाई आफ्नो अगाडि भएको व्यक्तिले आफूलाई सकेसम्म बढी ध्यान दिओस् भन्ने चाहनुहुन्छ भने रातो रंग लगाउनु उपयुक्त हुन्छ । रातो रंगले उत्सुकता, उत्ताउलोपन र सकारात्मकता दर्शाउँछ । रातो रंग प्रेमको प्रतिक पनि हो ।

तर, लुगाको रंग चुन्नुका साथै आफ्नो शरिरको अवस्था अर्थात् त्यो लुगा आफूलाई सुहाएको छ या छैन् भन्ने पनि ध्यान दिन जरूरी हुन्छ ।


  •  
  •  
  •