पूर्वसभासद्लाई कुटपिट गरेको आरोपमा तीन पक्राउ

167
  •  
  •  
  •  

महोत्तरी, ५ जेठ(ओएनएस) : एमाओवादीकी पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी कुटपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौशालाले घटनामा संलग्न भएको आरोपमा लक्ष्मीनियाँ–८ का ३४ वर्षीया नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई मंगलबार दिउँसो उनीहरूकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जलेश्वर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार राती महतोको घरमा प्रवेश गरेर हातहतियारको प्रयोग गरेर मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

गम्भिर घाइते भएकी पूर्वसभासद् महतोको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा महतो एमाओवादी महोत्तरी क्षेत्र नं ६ का तर्फबाट समानुपातिकतर्फबाट सभासद्मा चुनिएकी थिइन् । हाल महतो वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओेवादीको केन्द्रीय सदस्य छिन् ।


  •  
  •  
  •