यार्सागुम्बासहित तीनजना पक्राउ

181
  •  
  •  
  •  

काठमाडौं, १४ चैत (ओएनएस) : यार्सागुम्बासहित तीन जना ब्यक्ति पक्राउ परेका छन्। यार्सागुम्बाको अवैध कारोबारकाे आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएकाे टाेलीले दार्चुलाका मानसिंह महरा, उनका भाई जमनसिंह महरा र प्रेम सिंह कुँवरलाई यार्सागुम्बासहित पक्राउ गरेको हो।
उनीहरुबाट आधा किलो यार्सागुम्बा बरामद भएको प्रहरीले जनाएको छ। उनी मंगलबार क्षेत्रपाटीबाट पक्राउ परेका हुन्


  •  
  •  
  •