लागुऔषध खैरो हेरोईनसहित तीन युवा पक्राउ

43
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौँ (ओएनएस) : लागुऔषध खैरो हेरोईनसहित तीन युवा पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत बौद्धद्धारा खटिएकाे प्रहरी टाेलीले वौद्द ईलाकामा रहेका विभिन्न स्थानमा चेक प्वाईन्ट राखी सर्च गर्ने क्रममा शनिबार ईलाम माई नपा-४ घर भएका २३ बर्षिय का संजय समाल (मगर), मोरङ पथरी नपा-५ घर भएका २४ बर्षिय सन्तोष लिम्बु र झापा शिव सताक्षि नपा-३ घर भएका २४ बर्षिय युगेश राई पक्राउ परेका हुन्।

काठमाडाैँ – ६ चुच्चेपाटी स्थित सडक बाटोमा शंकास्पद रुपमा हिडी रहेको अवस्थामा प्रहरी टाेलीलार्इ शंका लागेर चेक जाँच गर्दा ३० ग्राम लागु औषध खैरो हेरोईन, नक्कली पेस्तोल १ थान र केही नगद बरामद गरेकाे हाे।

पक्राउ परेका तीनै जनामाथि अावश्यक अनुसन्धान भइरहेकाे महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएकाे छ।


  •  
  •  
  •