अवैध सुन तस्करीमा संलग्त युवतीसहित तीन पक्राउ

901
  •  
  •  
  •  

काठमाडाैँ, ५ बैशाख (अाेएनएस) : विमानस्थलबाट अवैध रुपमा सुन तस्करीमा संलग्त युवतीसहित तीन जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ।

बैदेशिक रोजागारीमा जाने कामदारहरुलाई भरीयाकाे प्रयोग रुपमा गरी सुन तस्करहरुले उक्त सुन अाेसारपसार गर्न लगाएकाे प्रहरीले जनाएकाे छ।

अाेसारपसारमा संलग्न रहेकाे भन्दै उनीहरुलार्इ प्रहरीले पक्राउ गरेकाे हाे। पक्राउ पर्नेहरुमा ठहिटीका रतनलाल श्रेष्ठ, उदयपुरकी लिला कुमारी श्रेष्ठ र सिरहाका इन्द्र सवे छन्।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरले मंगलबार दिउँसो २ सय ५० ग्राम सुनसहित उनीहरुलार्इ पक्राउ गरेको हो। उनीहरुसँग ५० ग्रामका ५ वटा चुरा बरामद गरिएको प्रहरीले जनाएको छ।

स २ प ४०२८ नम्बरको मोटरसाइकलमा सवार रतनलाल र लिलादेवीलाई पक्राउ गरी खानतालासी गर्दा ४ वटा चुरा बरामद भएको थियो। लगत्तै उनीहरुसँग सम्पर्कमा आएका सवेलाई एउटा चुरासहित प्रहरीले पक्राउ गरेको हो।


  •  
  •  
  •