चालु अावकाे साढे नाै महिनामा २९ औलाे राेगका बिरामी फेला

1048
  •  
  •  
  •  

काठमाडौं, १७ वैशाख (ओएनएस): चालु अावकाे साढे नाै महिनामै २९ जनामा औलाे राेग फेला परेकाे छ। प्रदेश नं ७ को पहाडी जिल्ला बैतडीमा उक्त २९ जनामा औलाे राेग फेला परेकाे हाे।

पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोकोजोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएकाे छ। जिल्ला एक नगरपालिका र दुर्इ गाउँपालिलकामा मुख्यगरी ती अाैलाे राेगका बिरामीहरु फेला परेका हुन्।

तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलोका बिरामी फेला परेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएकाे छ।

जिल्ला स्वास्थ्य कार्यालय बैतडीका अनुसार विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो।

गर्मीको समयमा औलोका बिरामी बढ्ने भएकाले यो संख्या अझै बढ्ने जिल्ला स्वास्थ्य कार्यालयकाे भनार्इ छ। पहाडी क्षेत्रमा लामखुट्टेको वृद्धि भएसँगै औलोका बिरामी पनि देखिन थालेका छन्।

तल्लोस्वराड क्षेत्रमा औलो देखिएपछि गर्भवतीलाई निःशुल्करुपमा झुल वितरण गर्ने काम भइरहेको स्वस्थ्य कार्यालयले जनाएकाे छ।

औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ। यसका लागि झुलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुपर्ने चिकित्सकहरुकाे सुझाव रहेको छ।


  •  
  •  
  •