जोगबनीबाट भित्रियो २७ वटा इन्धनका गाडी

170
  •  
  •  
  •  

विराटनगर, २९ कात्तिक(ओएनएस) : जोगवनी नाका हुँदै आज २७ वटा इन्धनका गाडी भित्रिएका छन् । ती गाडी जोगबनी हुँदै विराटनगर भन्सार कार्यालयको परिसरमा पुगेको हो ।

इन्धनका गाडीमा १८ वटा डिजेल, ५ वटा पेट्रोल र ४ वटा ग्यासा बुलेट रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

पाँच दिनयता भारतको जोगवनी नाका भएर १ सय ९३ वटा इन्धनका गाडी भित्रिएका छन् । पछिल्ला ५ दिनमा जोगवनी नाकाबाट १ सय २० ट्याङकर डिजेल,५० ट्याङकर पेट्रोल र २५ बुलेट ग्याँस भित्रिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।


  •  
  •  
  •