तेल लिन केरूङ हिँडे २६ ट्यांकर

200
  •  
  •  
  •  

काठमाडौँ, ३० कात्तिक(ओएनएस) : भारतको अघोषित नाकाबन्दीका कारण चरम अभावमा गुज्रिरहेको नेपाललाई चीनले दिएको अनुसानको तेल लिनका लागि २६ वटा ट्यांकर रसुवागढीबाट केरूड गएका छन् ।

चीनले दिएको १ हजार मेट्रिक टन अर्थात् १३ लाख लिटर पेट्रोलमध्ये अब ३ लाख ३५ हजार लिटर पेट्रोल नेपाल ल्याउन बाँकी रहेको छ ।
बाँकी रहेको सबै तेल ल्याउनका लागि ५६ वटा ट्यांकर आवश्यक पर्छ । यता निगमले पनि थप ३० वटा ट्यांकर आजै केरूङतर्फ पठाउने तयारी गरिरहेको छ ।

तिहार अघि एकैपटक २ लाख ७० हजार लिटर पेट्रोल ल्याइएको थियो । आयल निगमले चीनसँग ब्यापारिक रुपमा तेल खरिद गर्ने प्रक्रिया अघि बढाएपनि चिनियाँ पक्षले जवाफ दिन ढिलाइ गरिरहेको छ ।


  •  
  •  
  •