धर्नामा बसेका कृष्ण पहाडीसहित २६ मानवअधिकारकर्मी पक्राउ

317
  •  
  •  
  •  

काठमाडौँ, १७ मंसिर(ओएनएस) : नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय राजदूतावासअगाडि धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

मानवअधिकार तथा शान्ति समाज नेपालको आयोजनामा बिहान ११ बजेदेखि धर्नामा बसेका २६ जना मानवअधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा समाजका सभापति गङ्गाप्रसाद अधिकारीसहित संस्थापक सभापति कृष्ण पहाडी, अधिकारकर्मी रेणुका पौडेल, कृष्ण कँडेल, त्तम पुडासैनी, पुष्पा केसी, रेणुका काउचा, जानुका पन्तलगायतका रहेका छन् ।

समाजले विश्व मानवअधिकार दिवसका अवसरमा डिसेम्वर १ देखी डिसेम्बर १०सम्म १० दिने विशेष कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नाकाबन्दी मानवअधिकारमाथिको कुठाराघात हो भन्ने सन्देश सहित हस्ताक्षर सङ्कलन कार्यलाई तीव्रता दिइएको छ ।


  •  
  •  
  •