महानगरपालिकाद्धारा सगरमाथा आरोही महिला पत्रकार टाेलीलार्इ २५ लाखकाे सहयोग

365
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : सगरमाथा आरोही महिला पत्रकारको समूहलाई काठमाडौं महानगरपालिकाले नगद २५ लाख रुपैयाँ सहयोग सहित महानगरको झण्डा र नक्सा दिएर विदाइ गरेको छ । मंगलबार महानगरको वैठक कक्षमा आयोजित एक औपचारिक कार्यक्रममा महानगरका प्रमुखले, आरोहण सफलताको कामना सहित नगद र सामाग्री उपलब्ध गराउनु भएको हो । काठमाडौं देशका सवै स्थान, सवै भाग र क्षेत्रसँग जोडिएको छ ।

यी विषय र क्षेत्रमध्ये पर्यटन प्रवर्धन कार्यका लागि सहयोग उपलब्ध गराइएको जनाउँदै कार्यक्रममा प्रमुख शाक्यले — स्थानीय सहभागितामा आन्तरिक पर्यटन प्रवर्धन गरेर लाभ लिन दिशामा महानगरको सोच रहेको बताए।

सगरमाथा ओरोही महिला पत्रकारको  आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने प्रमुख शाक्यको विश्वाश रहेकाे छ।

सोही कार्यक्रममा महानगरका का. मु प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले  आफैंसँग भएको क्षमताको प्रयोगबाट पर्यटकीय सम्भावना खोज्न सकिने आरोही महिला पत्रकारको आँटबाट

सिक्न सकिने बताए। कार्यक्रममा महानगरकाे सम्पदा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले राम्रो कामको थालनी गर्दा नकारात्मक टिप्पणी गर्ने परिपाटीको अन्त्य हुनु पर्नेमा जाेड दिए। काठमाडौंमा धुँवा र धुलो मात्र छैन । यहाँका राम्रा चीजको खै त चर्चा? सगरमाथा आरोहीबाट हामी सकारात्मक सन्देश प्रवाह गर्न चाहन्छौं, उनको भनाइ थियो ।

आरोहण टोली भोलि लुक्लातर्फ प्रस्थान गर्नेछ । ४५ दिनको प्याकेजमा आरोहणतर्फ लागेको टोलीको नेतृत्व नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तुता रोजिता वुद्धाचार्यले गर्न लागेकी छिन । टोलीको सदस्यमा मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्युज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ् राई हुनुहुन्छ । समानताका लागि वुलन्द आवाज नारा लिएर

उनीहरु आरोहणमा लागेका हुन्। कार्यक्रममा बोल्दै टोली प्रमुख वुद्धाचार्यले महानगरको अभिभावकत्वमा आरोहणमा निस्किने बताउँदै फर्किएपछि हिमाल, पहाड र तराईको सम्बन्ध जोड्ने पर्यटन प्रवर्धनमा सक्रिय रहने बताइन। टोलीकी अर्की सदस्य कल्पना महर्जन — आरोहणबाट फर्किएपछि नेपाल मण्डलमा सम्पदा पर्यटनमा काम गर्ने बताइन।

आरोहण दलकी अर्की सदस्य देउराली चाम्लिङ्का अनुसार — सगरमाथा आरोहण गर्नुअघि टोलीले ६११९ मिटर उचाइमा रहेको लोभुचे हिमाल चढ्नेछ । आरोहणका क्रममा महानगरको खड्ग अङ्कित ठूलो झण्डा आधार शिविरमा गाडिने छ भने सानो झण्डा र नक्सा चुचुरोमा पु¥याइनेछ । उनीहरुको आरोहण व्यवस्थापन ड्रिमर्स डेस्टिनेसन ट्रेक एण्ड एक्सिडिसनले गरेको छ ।


  •  
  •  
  •