खुलातर्फ २५ केन्द्रीय सदस्यको टुङ्गो लाग्यो, कोइराला पहिलो

380
  •  
  •  
  •  

काठमाडौँ, १ चैत्र(ओएनएस) : नेपाली कांग्रेसको केन्द्रीय सदस्यको खुलातर्फको मतगणना सकिएको छ । खुलातर्फ २५ जना केन्द्रीय सदस्यका लागि भएको मतदानको मत परिणाम सार्वजनिक भएको छ ।

२५ जनाका लागि ९० जनाको उम्मेदवारी परेकोमा डा. शेखर कोइरालाले सर्वाधिक मत ल्याई केन्द्रीय सदस्यमा विजयी भएका छन् । शेखर कोइरालाले सबैभन्दा बढी १ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । यस्तै, मत परिणाम अनुसार खुमबहादुर खड्काले १ हजार ८ सय ४६ मत र प्रकाशमान सिंहले १ हजार ७ सय ९५ मत ल्याएका छन् ।

मत परिणाम अनुसार कांग्रेसको केन्द्रीय सदस्यमा पुरानै अनुहार विजयी भएका छन् । युवा नेता प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र बद्री पाण्डे भने नयाँ अनुहारका रूपमा आएका छन् ।

मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा प्यानलका १४ जना विजयी भएका छन् भने रामचन्द्र पौडेल प्यानलका ११ जना विजयी भएका छन् ।

को-को निर्वाचित भए केन्द्रीय सदस्यमा ?

१. शेखर कोइराला १८४८
२. खुमबहादुर खड्का १८४६
३. प्रकाशमान सिंह १७९५
४. कुलबहादुर गुरूङ १७७३
५. प्रदीप गिरी १७२५
६. प्रदीप पौडेल १७१२
७. बालकृष्ण खाँड १७०४
८. धनराज गुरुङ १६९७
९. रमेश लेखक १६८९
१०. पूर्णबहादुर खड्का १६८६
११. बिमलेन्द्र निधी १६७७
१२. बलबहादुर केसी १६७३
१३. महेश आचार्य १६६९
१४. विश्वप्रकाश शर्मा १६२०
१५. सुजाता कोइराला १६१९
१६. रामशरण महत १६११
१७. एनपी सावद १५४७
१८. शंकर भण्डारी १५४७
१९. ज्ञानेन्द्रबहादुर कार्की १५०२
२०. गोपालमान श्रेष्ठ १४९९
२१. चन्द्र भण्डारी १४९३
२२. प्रकाशशरण महत १४९१
२३. बद्रि पाण्डे १४८५
२४. नारायण खड्का १४६४
२५. मीनेन्द्र रिजाल १४२०


  •  
  •  
  •