मिसावटयुक्त लड्डु खाँदा २३ को मृत्यु

324
  •  
  •  
  •  

काठमाडौँ, १३ बैशाख(एजेन्सी) : पाकिस्तानमा मिसावटयुक्त लड्डु खानाले कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार एक व्यक्तिले आफ्नो बच्चाको जन्मदिनमा बाडेको मिठाई खानाले मानिसहरूको मृत्युको श्रृखंला सुरू भएको हो । मृत्यु हुनेमा ती व्यक्तिसहित अन्य ११ जना आफन्त समेत रहेका थिए । यसबाट ७७ मानिस समेत बिरामी परेका छन् । यीमध्ये ५ जनाको अवस्था गम्भिर रहेको छ ।

प्रहरीले मिठाईको पसलका दुई मालिक र एक कर्मचारीलाई पक्राउ गरेको छ । मिठाईमा मिसावट कसरी भयो भन्ने सम्बन्धमा प्रहरीले जाँच गरिरहेको छ ।

अधिकारीहरूका अनुसार मिठाईको पसलको नजिकै किटनाशक औषधीको पसल पनि रहेको छ । त्यहाँबाट नै कुनै माध्यमबाट लड्डुमा खसेको हुन सक्ने अनुमान उनीहरूको रहेको छ ।


  •  
  •  
  •