वैशाख २२ गते नै एकता हुन्छ : सांसद फुँयाल

275
  •  
  •  
  •  

काठमाडौं, १८ वैशाख (ओएनएस) : नेकपा एमालेका नेता तथा प्रदेश सांसद रामेश्वर फुयाँलले यहीवैशाख २२ गतेभित्रै एमाले–माओवादी केन्द्रबीचएकताहुने स्पष्ट पारेका छन् । उनले भने,‘ढुक्क हुनुहोस् यहीवैशाख २२ गते पार्टी एकता हुन्छ, २३ गतेबाट हामी नेपाल कम्युनिष्ट पार्टीको सदस्यहुन्छौं ।’

एमाले अध्यक्ष केपीओली र माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्ड राजनेताभएकोले उनीहरुले छिट्टै एकता टुंगो लगाउने फुँयालले जिकिर गरे । पुष्पलालश्रेष्ठ, मदन भण्डारी र मनमोहनअधिकारीले देखेको सपनाअबओली र प्रचण्डले पूरा गर्ने उनको भनाइथियो ।

कार्ल माक्र्सको जन्मजयन्तीको अवसर पारेर यहीवैशाख २२ गते नै आफूहरुले एकतागर्ने प्रवल सम्भावना रहेको नेताफूयाँलले जानकारी दिए ।

नेताहरुको व्यवस्थापनमाखासगरी नेतृत्वमाविवाद रहेको यथार्थ भएपनि नेताद्वयओली र प्रचण्डले त्यसलाई सहज रुपमाहलगर्ने उनको विश्वास थियो । माओवाद र जनयुद्ध राख्नेबारे आफूहरु अहिलेपनि छलफलमा नै रहेको बताउँदै उनले भने,‘जबज र २१ औंजनवादयी सबैको न्यायिकइतिहास लेखिनुपर्छ।’

उनले पनिदुवै दलबीचसम्मानजनक रुपमाएकताहुने विश्वास दिलाए । ‘सर्वोच्च र आधार दुवै तहका नेताको सम्माजनक रुपमाव्यवस्थापन हुन्छ’–उनले थपे ।


  •  
  •  
  •