कपडा लिने क्रममा भागदौड हुँदा २२ को मृत्यु

178
  •  
  •  
  •  

एजेन्सी । मुस्लिमहरुको पवित्र महिना रामजानको अवसरमा बाँडिएको कपडा लिने क्रममा बंगलादेशको उत्तरी क्षेत्रमा रहेको मैमनसिंह जिल्लामा भागदौड मच्चिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार भागदौडमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका बढी भएको बताइएको छ । रामजान महिनामा धनीहरुले गरिबलाई कपडा बाड्न गर्दछन् । बंगलादेशको मैमनसिंह जिल्लमा एक धनी ब्यक्त्तिले बडेको कपडा लिन सयौ गरिब गएका थिए ।

एक चुरोट कारखानाकामा बाडिएको कपडा लिनको लागि १५ सय मानिस गएका थिए । कडपा बाड्न सुरु गरेपछि मानिसहरु हतार हतार कारखानामा छिर्न खोजेका थिए ।

उक्त कारखानाको ढोका साघुँरो भएकाले मानिस च्यापिएको बताइएको छ । साघुँरो ढोकामा एकैपटक धेरै मानिस छिर्न खोजेपछि भागदौड मच्चिएको थियो । घटनापछि प्रहरीले कारखानाका मालिकसहित ७ जनालाई पक्राउ गरेको छ ।


  •  
  •  
  •