एमाओवादी मोर्चाले आज काठमाडौंमा सभा र प्रदर्शन गर्दै

104
  •  
  •  
  •  

काठमाडौं ३१ असोज (ओएनएस) :
एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाको पहिचान संघियताका विषयमा आज काठमाडौमा सभा र प्रदर्शन गर्ने भएको छ । काठमाडौको खुला मन्चमा हुने आमसभामा शीर्ष नेताले सम्वोधन गर्ने भएका छन्।

माओवादी महासचिव कृष्णबहादुर महराका अनुसार आमसभा त्रिपुरेश्वर,जमल,माइतीघर र बसन्तपुर हुँदै खुल्ला मञ्चमा जानेछ। ‘सहमतिको दवाव दिन आमसभा गर्न लागेको विपक्षी दलहरुले बताएका छन् । आमसभामा शीर्ष नेताहरु एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा माओवादी अध्यक्ष मोहन वैद्य, मधेसी जनाधिका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारलगायतका नेताले सम्वोधान गर्ने बताइएको छ।

एमाओवादीले आफ्ना भातृसँगठनहरुलाई मान्छे उतार्न ‘कोटा’ निर्धारण गरेको छ । कोटा पु¥याएको वा नपुराएको पत्ता लगाउन हाजिर समेत अनिवार्य गरिएको छ । स्रोतले भन्यो,‘ विभिन्न संगठनलाई कोटा दिईएको र जुलुस निकाल्नका लागि ठाउँ निर्धारण गरिएको छ, तोकिएको ठाँउमा जम्मा भएर हाजिर गर्ने छन् यसले कोटा पुराएको नपुराएको थाहा हुने छ ।’

सत्तासिन कांग्रेस र एमालेलाई दवाव दिन २२ दलीय मोर्चाले केही समय अगाडी देशभरी सभा गर्ने कार्यक्रम तय गरेको थियो । सत्तासिन दलले भने एमाओवादीले आन्दोलन र सहमति सँगै लैजान खाजेको भन्दै आपत्ति जनाएका छन् ।


  •  
  •  
  •