सार्क लगत्तै आन्दोलन गर्ने २२ दलीय मोर्चाको निणर्य

153
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर (ओएनएस) :
एमाओवादी नेत्तृत्वको २२ दलीय मोर्चाले कांग्रेस-एमाले विरुद्ध आन्दोलन गर्ने निणर्य गरेको छ । सार्क सम्मेलनसम्म सहमतिको प्रतिक्षा गर्ने र त्यसो हुन नसके सार्क लगत्तै आन्दोलन गर्ने २२ दलीय मोर्चाले निणर्य गरेको छ । कांग्रेस एमाले सयुक्त हस्ताक्षर बुझाएर पहिचानका विपक्ष्मा उत्रीएको भन्दै आन्दोलन गर्ने निणर्य भएको सद्भावना सह-अध्यक्ष लक्ष्मणलाल कर्णले  जानकारी दिए । त्यसअघि उनीहरुले संविधान निर्माण प्रक्रियाका विषयमा अन्तर्राष्ट्रिय क्षेत्रलाई जानकारी गराउने छन् ।

मंसिर ६ गते विभिन्न देशका कूटनीतिक प्रतिनिधिलाई ब्रिफिङ गरेपछि थप छलफल गरेर आन्दोलनको कार्यक्रम तय गर्ने  कर्णले बताए । एमाओवादी संसदीय दलको कार्यालयमा बसेको २२ दलीय मोर्चाको बैठकले नेपालका वुद्धिजीवि, पत्रकार लगायतकासँग पनि छलफल गर्ने निणर्य गरेको छ। ७ गते बुद्धिजीवीसँग छलफल गर्ने र ८ गते पत्रकारसम्मेलन गरी धारणा सार्वजनिक गर्ने निर्णय भएको छ । यसअघि कांग्रेस एमालेले पनि कुटनीति नियोगका प्रमुखहरुलाई जानकारी गराएका थिए ।


  •  
  •  
  •  

Comments are closed.