सहमतिका लागि कांग्रेस एमालेलाई २२ दलको अल्टिमेटम

222
  •  
  •  
  •  

काठमाडौं १३ मंसिर (ओएनएस) : एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाले सहमतिका लागि केही समय दिने निणर्य गरेको छ। कांग्रेस एमाले लचिलो नभए संविधान  सशक्त आन्दोलन गर्ने निस्कर्ष पनि २२ दलीइ मोर्चाले निकालेको छ ।

एकीकृत नेकपा माओवादी संसदिय दलको कार्यालय सिंहदरबारमा बसेको २२ दलिय मोर्चाको बैठकले सहमतिका लागि अझै अन्तीम प्रयास गर्ने समेत निर्णय गरेको छ । बैठकपछि सन्चारकर्मीसंग कुरा गर्दे एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफुहरुको पहिलो जोड सहमतिकै लागी हुने बताए । उनले सहमतिको प्रयासका लागि सरकारमा रहेका र सरकारभन्दा बाहिरका दलहरुसंग छलफल गरिने बताए ।

‘हामी अझै पनि सहमतिकै पक्षमा छौ सहमतिका लागि हाम्र अन्तिम प्रयास रहनेछ’ दाहालले भने, ‘कांग्रेस एमालेले अडान नछाडे हामी जनताकोबीचमा जान्छौ । ‘

सहमतिकै लागि भोली राजनीतिक समितिको बैठक समेत बोलाएको  जानकारी दिए । १,२ दिनभित्र सहमति नभए माघ ८ मा संविधान नआउने भन्दै प्रचण्डले त्यो अबस्था आउन नदिनका लागि समेत सहमति जरुरी रहेको बताए ।

सार्क सम्मेलनको समिक्षा
२२ दलिय मोर्चाले १८ औ सार्क शिखर सम्मेलन सफल्तापुर्वक सम्पन्न भएको निश्कर्ष निकालेको छ । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले ३६ सुत्रिय घोषणपत्रमा अधिकांस परम्परागत भएपनि उर्जा सम्वन्धी सहमति सकरात्मक भएको बताए । उनले सहमति गर्ने तर कार्यान्वयन फितलो हुने बिगतको अबस्था आउन नहुने समेत बताए ।


  •  
  •  
  •