२ दलीय मोर्चा कांग्रेस एमाले विरुद्ध आन्दोलन गर्ने तयारीमा

302
  •  
  •  
  •  

22 dal (5)
file photo

काठमाडौं ३ मंसिर (ओएनएस) : प्रतिपक्षी २२ दलीय मोर्चा कांग्रेस एमाले विरुद्ध आन्दोलन गर्ने तयारीमा जुटेका छन् । कांग्रेस एमालेले बहुमतबाट पेल्न खाजेको र आफ्ना एजेण्डा अनुसार संविधान नबन्ने निस्कर्ष सहित उनीहरु आन्दोलन गर्ने योजनामा लागेका हुन् । त्यसै शीलसिलामा आज २२ दलीय मोर्चाको बैठक बस्दैछ ।  आन्दोलनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबारबाटै गृहकार्य सुरु गरेका छन् ।

कांगे्रस एमालेको ७ प्रदेशसहितको साझा प्रस्तावको विषयमा सत्तारुढ र विपक्षी दलबीच तिब्र मतभेद भइरहेका बेला मोर्चाले आन्तरिक छलफल गर्न लागेको हो । सत्तारुढ दलको प्रस्तावलाई संविधानसभामा प्रवेश गराउन नदिने रणनीति बनाउन मोर्चाको बैठक बस्न लागेको जनाइएको छ ।

मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जानकारी दिए । बैठक माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।


  •  
  •  
  •