काठमाडौं, १ मंसिर (ओएनएस) : काँग्रेस–एमालेसहितका सत्तारुढ दलहरुले संविधानसभाको संबैधानिक राजनीतिक सहमति तथा संवाद समितिका सभापती बाबुराम भट्टराईबिरुद्ध हस्ताक्षर अभियान थालेपछि बिपक्षी दलले त्यसको प्रतिकार गर्ने भएका छन् ।
एकीकृत माओवादी सहितका २२ दलीय मोर्चाको सोमबार सिंहदरवारमा बसेको बैठकले सत्तापक्षको हस्तारक्ष अभियानलाई प्रतिकार गर्ने निर्णय गरेका हुन् । बैठकले काँग्रेसएमालेका सभासदहरुले हस्तक्षर संकलन गर्नु सहमितबिरुद्ध भएको भन्दै यसले भिडन्त निम्त्याउने निष्कर्ष निकालेको छ ।
भट्टराईले काँग्रेस एमालेले प्रस्ताव गरेको ७ प्रदेश सहितको साझा प्रस्तावलाई अघि नबढाएको भन्दै सत्तारुढ दलका सभासदहरुले हस्ताक्षर अभियान थालेका थिए । सोमबार बस्ने भनिएको तीन दल र संवाद समितिको बैठकअघि २२ दलीय मोर्चाको बैठक बसेको थियो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले काँग्रेस–एमालले ल्याएको प्रस्ताव संवाद समितिमा प्रस्तुत गर्न नमिल्ने बताए ।
प्रचन्डले संयोजन गरेको बैठकमा २२ दलीय मोर्चाका विजयकुमार गच्छदार, महन्थ ठाकुर, हृदयेश त्रिपाठी उपस्थिति थिए भने मोर्चा बाहेकका प्रेमबहादुर सिंह, रुक्मीणी चौधरी लगायतका सभासदको उपस्थिति थियो ।