मन्त्रिपरिषको निर्णयले मन्त्रालयको संख्या २१ पुर्याइयो, को को बन्दैछन् मन्त्री ?

347
  •  
  •  
  •  

काठमाडौं, २ चैत (ओएनएस) : मन्त्रिपरिषदको निर्णयले मन्त्रालयको संख्या २१ पु¥याइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन मन्त्रालय थप गर्दै २१ मन्त्रालय पुर्याएका हुन्।

यसअघि मन्त्रीपरिषदबाट प्रधानमन्त्री कार्यालय सहित १८ मन्त्रालय मात्र राख्ने निर्णय गराएका प्रधानमन्त्री ओलीले आज ३ वटा मन्त्रालय थप गरि मन्त्रालयको संख्या २१ पुर्याउने निर्णय गरेका हुन्।

प्रधानमन्त्री ओली सत्तारुढ दल माओवादीसँगको छलफलपछि मन्त्रालयको संख्या थप गर्ने निर्णयमा पुगेका हुन्।

संविधानमा मन्त्रीपरिषद २५ सदस्यीयसम्म बनाउन पाइने व्यवस्था छ । यसअघि मन्त्रीपरिषद प्रधानमन्त्रीसहित ७ सदस्यीय छ । प्रधानमन्त्री ओलीले शुक्रबार नै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।

संघीय समाजवादी फोरमलाई समेत समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो । दिउँसो ४ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी रहेकाे छ ।

को को हुँदैछन् मन्त्री ?

एमालेबाट प्रदीप ज्ञवाली, रविन्द्र अधिकारी, छविलाल विश्वकर्मा, प्रेम आले, योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, नारदमुनी राना, रघुबीर महासेठ लगायत मन्त्री बन्ने सम्भावना छ।

माओवादीबाट वर्षमान पुन, शक्तिवहादुर बस्नेत, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बिना मगर लगायतबाट मन्त्री बनाउने तयारी छ।

अहिलेसम्म जानकारी आएको छैन : फोरम

संघीय समाजबादी फोरमले भने मन्त्रीपरिषद विस्तारबारे कुनै जानकारी  नअाएकाे बताएको छ। फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरु पार्टीको प्रशिक्षणमा धुलिखेलमा रहेको तर अहिलेसम्म कतैबाट पनि जानकारी नआएको बताए।

मन्त्री बन्नेको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिइएपनि आफु अहिले अध्यक्ष सँगै रहेको र कसैको नाम पनि टुंगो लागिनसकेको उनको भनाई छ ।


  •  
  •  
  •