इराकमा आत्मघाति बम बिस्फोट, २१ को मृत्यु

214
  •  
  •  
  •  

काठमाडौ, ७ साउन (एजेन्सी): एक आत्मघाती बम हमलामा इराकको राजधानी बगदादमा कम्तिमा २१ जनाको मृत्यु भएको छ । प्रहरी र मेडिकल अधिकारीहरूका अनुसार १३ नागरिकहरू मारिएका छन् । उक्त हमला बगदाद स्थित प्रहरी चेकपोष्टमा गरिएको थियो ।

उक्त आत्मघाती हमलामा कम्तिमा ५ जना प्रहरी मारिएको सुरक्षा स्रोतहरूले जनाएका छन् । हमला भएको स्थानलाई मुसा अल कदिमको घर भनिन्छ । यस्तै, अर्को एक घटनामा १४ जनाको मृत्यु भएको छ । फलुजाह शहरमा भएको हवाई आक्रमणमा ती व्यक्तिको मृत्यु भएको हो ।


  •  
  •  
  •