२१ सहसचिवको पदस्थापन तथा ४ जनाको सरूवा

196
  •  
  •  
  •  

काठमाडौँ, २४ माघ(ओएनएस) : सामान्य प्रशासन मन्त्रालयले उपसचिवबाट सहसचिवमा बढुवा भएका २१ जनालाई पदस्थापना तथा ४ जनालाई सरूवा गरेको छ ।

लोकसेवा आयोगको सिफारिसअनुसार माघ २० गते मन्त्रिपरिषद बैठकले जेष्ठताका आधारमा प्रशासन समूहका २१ र लेखापरीक्षण समूहबाट एक गरी २२ उपसचिवलाई सहसचिवमा बढुवा गरेको थियो ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार रवीशंकर सैंजु र पुरूषोत्तम नेपाललाई सामान्य प्रशासन मन्त्रालयमा, ज्ञानेन्द्र पौडेललाई अर्थ मन्त्रालयमा, जानकी बल्लभ घिमिरेलाई पशुपंक्षी विकास मन्त्रालयमा र सञ्जयकुमार खनाललाई शान्ति तथा पुनःनिर्माण मन्त्रालयमा पदस्थापना गरिएको छ ।

यस्तै, गृह मन्त्रालय तथा त्यसअन्तरगतका कार्यायलमा पदस्थापन हुने सहसिचवहरूमा विष्णुप्रसाद पोखरेल, नरहरी बराल, भागिरथ पाण्डेय, जनकराज दाहाल, दिलिपकुमार चापागाइँ, केशवप्रसाद आचार्य, प्रेमप्रकाश उप्रेती, विष्णुबहादुर थापा र ताराबहादुर कार्की रहेका छन् । यसैगरी स्वास्थ्य मन्त्रालयमा पदस्थापन हुने सहसचिवहरूमा दानध्वज बस्नेत र प्रदीपकुमार कोइराला तथा आपूर्ति मन्त्रालयमा पदस्थापन हुने सहसचिवहरूमा गोकुलप्रसाद धिताल र उत्तमप्रसाद नागिला रहेका छन् ।

यस्तै, राष्ट्रिय योजना आयोगको सचिवालयमा जयनारायण आचार्य, विज्ञान प्रविधि मन्त्रालयमा शिवप्रसाद अधिकारीलाई, शिक्षा मन्त्रालयमा शेरबहादुर ढुंगानालाई, राष्ट्रिय सतर्कता केन्द्रमा रामबहादुर घिमिरेलाई, जनसंख्या तथा वातावरण मन्त्रालयमा लक्ष्मीकुमारी बस्नेत, राष्ट्रिय सूचना आयोगमा महेन्द्रकुमार थापा र सूचना तथा सन्चार मन्त्रालयमा रघुराम विष्टलाई पठाइएको छ ।


  •  
  •  
  •