२१ बलमै शतक प्रहार, बन्यो रेकर्ड

209
  •  
  •  
  •  

Iraq Thomasकाठमाडौँ, १६ बैशाख(एजेन्सी) : वेष्ट इण्डिजका एक ब्याटस्म्यानले मात्र २१ बलमा शतक प्रहार गर्दै विश्व रेकर्ड कायम गरेका छन् । २३ वर्षीय इराक थोमसले टोबागो क्रिकेट एसोसियसनको एक टी-२० प्रतियोगितामा मात्र २१ बलमा शतक प्रहार गर्दै नयाँ रेकर्ड कायम गरेका हुन् ।

१ सय ५२ रनको विजय लक्ष्य पछ्याएको टोलीलाई थोमसको ३१ बलमा १ सय ३१ रनको किर्तीमानी पारीले मात्र ८ ओभरमा जित दिलाएको थियो । थोमसले वेष्ट इण्डिजका विस्फोटक ब्याटस्म्यान क्रिस गेलको तिव्र शतकको कीर्तिमान समेत तोडेका छन् । क्रिस गेलले इण्डियन प्रिमियर लिगको रोयल च्यालेन्जर्स बेङ्ग्लोर र पुणे वारियर्सबीचको खेलमा मात्र ३० बलमा शतक प्रहार गरेका थिए ।

शतक प्रहार गरेपछि थोमसले भने, ‘म निकै खुसी छु । मैले क्रिकेट खेल्न थालेको धेरै भएको त छैन् तर पनि मैले शतक जोड्न सकेकोमा निकै खुसी छु ।’

उनले खेलमा १ सय ८० रनको लक्ष्य भएपनि भेट्टाउन सकिने खालको पिच रहेको कारण आफू आत्मविश्वासी भएको बताएका छन् । त्यसैले पनि आफूले खूलेर खेलेको र उक्त सफलता हात पार्न सकेको प्रतिक्रिया दिएका छन् ।


  •  
  •  
  •