२१ औ शताब्दीको आधुनिक शहर यस्तो…(फोटोफिचर)

625
  •  
  •  
  •  

काठमाडौ, ३० भदौ(एजेन्सी) : २१ औ शताब्दीको सबैभन्दा आधुनिक शहर कस्तो होला ? सायदै हामीले अहिलेसम्म कल्पना गरेका छैनौ । तर २१औ शताब्दीको सबैभन्दा आधुनिक शहर हे्र्नका लागि अब कतार पुग्नुपर्ने भएको छ ।

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि निकै तिव्र रूपमा तयारी गरिरहेको कतारले एउटा यस्तो शहरको निर्माण गर्दैछ जुन शहर अहिलेसम्मै निकै सुन्दर शहर हुनेछ । लुसैल शहर ४३२० अर्ब रूपैयाँको लागतमा सन् २०१९ सम्ममा निर्माण गर्न लागिएको हो, जहाँ विश्वकप फुटबलको फाइनल खेल हुनेछ ।

७२ वर्ग किलोमिटरमा फैलिने स्टेडियम सहित चार द्धीप, सपिङ्ग मल, अस्पताल, चिडियाखाना, २ वटा गल्फ कोर्स र साढे २ लाख मानिसका लागि घर बनाइँदैछ । ए
कतार सरकार र निर्माण एजेन्सीहरूको लागि यहाँको रेगिस्तानी जमिन र समुन्द्रको कारण देखिएको यो चुनौती आकाश छुनु बराबर नै हुनेछ । तरपनि कतार सरकार यसलाई सफल गराईछाड्ने दावी गरिरहेको छ । यसलाई आजसम्मकै आधुनिक शहर भनिन थालेको छ।

अन्य के-के सुविधा हुनेछन् उक्त आधूनिक शहरमाः

– आधूनिक परिवहन सुविधाः लुसैलमा प्रत्येक सुविधा र व्यवस्था कम्प्युटरबाट सञ्चालित हुनेछ । राष्ट्रपति र दर्शक लुसैलसम्म पुग्नकालागि लाइट ट्रेन, वाटर ट्याक्सी र अण्डरग्राउण्ड गुफाको प्रयोग गर्नेछन् । अण्डरग्राउण्ड गुफा पैदल हिड्नेहरूका लागि हुनेछ ।

– स्मार्ट सिटीः विद्युत उपककरण, सञ्चार र यातायात प्रणाली कम्प्युटरबाट नै सञ्चालित हुनेछ। यसलाई स्मार्ट सिटीको सबैभन्दा उत्कृष्ट उदाहरण भनिन थालिएको छ ।

– हरेक मानिसमाथि दृष्टीः यहाँ आवश्यकता अनुसार यातायात आफै परिवर्तन हुन्छ । सुरक्षाका लागि सडकमा प्रत्येक कुनामा क्यामरा लगाइने छ र आउने-जाने सबै मानिसमाथि दृष्ठी राखीनेछ ।

– पर्यावरणको विचारः पर्यावरणलाई नोक्सान पुग्न नदिन आवश्यक पर्ने उर्जाका लागि सोलार प्यानल लगाइँदै छ, जसले बिजुलीको खर्च कम हुनेछ ।

2022-world-cup-smart-city-lusail-in-qatar 2022-world-cup-smart-city-lusail-in-qatar1 2022-world-cup-smart-city-lusail-in-qatar2 2022-world-cup-smart-city-lusail-in-qatar3 2022-world-cup-smart-city-lusail-in-qatar4 2022-world-cup-smart-city-lusail-in-qatar5


  •  
  •  
  •