अागामी वर्ष मिस/मिसेस नेपाल वल्र्ड प्रतियोगिता हुने

2033
  •  
  •  
  •  

काठमाडाैँ, १५ बैशाख (अाेएनएस) : नेपाल बाहिरका विभिन्न देशमा रहेका नेपाली र नेपाल भित्रै रहेका नेपालीहरुको सहभागिता हुने गरी आगामी वर्ष अक्टोबर २०१९ मा मिस/मिसेस नेपाल वल्र्ड हुने भएको छ ।

विभिन्न देशबाट छानिएर आएकाहरुले उक्त मिस/मिसेस नेपाल वल्र्ड प्रतियोगिताको प्रतिस्पर्धामा सहभागिता जनाउनेछन् । फेसन डिजाइनर मनिषा डंगोल श्रेष्ठको सक्रियतामा प्रतियोगिता हुन लागेको हो ।

महिला सशक्तिकरणका साथै नेपालको पर्यटन तथा नेपाली सीप र उत्पादन विश्व बजारमा पुर्याउने उद्देश्यका साथ यो प्रतियोगिता गर्न लागिएको हो ।

नेपालमा हुने प्रतियोगितामा सहभागिता जनाउनको लागि प्रत्येक देशमा हुने प्रतियोगितामा सहभागी भई त्यहाँबाट विजेता बन्नुपर्नेछ । विभिन्न मुलुकबाट छनौटमा परेका उत्कृष्ट सहभागी (विजेता) महिलाले मात्र नेपालमा हुने मिस/मिसेस नेपाल वल्र्डमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।आयोजक मनिषा डंगोल श्रेष्ठका अनुसार यसको लागि विभिन्न देशमा प्रतियोगिताहरु आयोजना गरिनेछन् ।

उनका अनुसार नेपालभित्र र बाहिर रहेका सबै युवा/महिलाहरुको हक अधिकार स्थापित गर्न र आफ्नो मातृभूमि प्रतिको माया, भाषा र संस्कृतिलाई मुलुकबाहिर पनि जोगाई राख्न यो प्रतियोगिता गर्न लागिएको हो ।

मनिषाले भनिन्, “अध्ययन र कामको सिलसिलामा मुलुकबाहिर रहनु परे तापनि उहाँहरुको मनमस्तिष्कमा मातृभूमिको माया सधैँ रहिरन्छ । यस्ता युवा/महिलाको सम्मान र मातृभूमिप्रति केही राम्रोे योगदान गर्ने उद्देश्यका लागि यो एक अभियान हो ।”

को हुन् मनिषा ?

काठमाडौँ क्षेत्रपाटीमा जन्मिएकी मनिषा डंगोल श्रेष्ठ एकसफल र प्रेणादायी नेपाली चेलीको रुपमा चिनिन्छन् । उनलाई चिनाउने अर्को नाम हो, ‘लन्डन फेसन हाउस’ की सञ्चालिका, जसका शाखाहरु नेपाल र बेलायतका विभिन्न सहरमा फैलिँदै गएका छन् ।

करिब एक दशक पहिला संघर्ष गरेर बेलायतमा ‘लन्डन फेसन हाउस’ स्थापना गरेर सफल भएकी मनिषा ति दिनहरु आज आफ्ना लागि प्रेरणा बनेको डंगाेल बताउँछिन् । व्यवसाय र सेवालाई सँगसँगै अगाडि बढाएकी उनी स्वदेश वा विदेशमा रहेका महिलाहरु केही गरौँ भन्ने भावनाले अगाडि आउँछन् भने उनीहरुको सहयोगार्थ उनी जहाँ पनि पुग्छिन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थागत रुपमा र विदेशमा रहेका नेपालीहरुले व्यक्तिगत रुपमा स्वदेशको लागि गरेको योगदान देखेर आफूलाई पनि स्वदेश र विदेशका महिलाहरुको लागि काम गर्ने प्रेरणा मिलेको उनी बताउँछिन् । मिस अस्कोल (ASCOL) 1997 विजेता मनिषा भेषभूषा डिजाइनलाई जोडेर बेलायतमा बसोबास गरेका बालबालिका र महिलाहरुको आत्मबल बढाउन, लुकेका प्रतिभालाई प्रस्फुटन गराउन मिस लिटल नेपाल यूके र मिस्टर लिटल नेपाल युके, मिस टिन नेपाल युके, मिसेस नेपाल युके को साथै विभिन्न फेसन सो, डिजाइन र कन्टेस्टहरु गर्दै आएकी छन् । साथै उनले नेपाली डान्स कक्षाहरु सिकाउनको लागि पाठशाला समेत सञ्चालन गरेकी छन् ।

लन्डनमा विभिन्न संस्थाहरुमा आबद्ध भएर विगत डेढ दशकदेखि नेपाली समुदायमा क्रियाशील मनिषा नेप्लिज् युथ क्लब (पिपिजी)का उपाध्यक्ष, एनआरएनए युकेको पूर्वयुवा संयोजक तथा वर्तमान सल्लाहकार समेत रहेकी छन्।

मनिषा आफ्नो हरेक क्षेत्रको सफलताको लागि प्रेरणा—स्रोतका रुपमा बेल्जियमका रवीन्द्रमान श्रेष्ठ र रजनी प्रधानलाई लिन्छिन् । बेल्जियममा सबैका अविभावकका रुपमा चिनिएका एनआरएन अभियन्ता श्रेष्ठ र प्रधान दुवै समाजसेवीका रुपमा स्थापित छन् ।

श्रेष्ठ एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष हुन् भने प्रधान एनआरएनएको महिला च्याप्टर प्रमुख हुन् । अब हुन लागेको मिस/मिसेस नेपाल वल्र्डले एनआरएनए महिला फोरमको हरेक कार्यक्रमलाई सहयोग गर्ने मनिषा बताउँछिन् । त्यस्तै स्पेनका कोशिसराज महर्जनको साथ र सहयोग पनि उनको लागि उत्तिकै मार्गदर्शक बनेको छ ।

 

कुन देशमा कहिले हुँदै छ प्रतियोगिता ?

१. मिस/मिसेस नेपाल : जुन २, २०१८
२. मिस/मिसेस नेपाल बेल्जियम : जुलाई, २०१८
३. मिस/मिसेस नेपाल युके : अक्टोबर, २०१८
४. मिस/मिसेस नेपाल जर्मनी : जनवरी, २०१९
५. मिस/मिसेस नेपाल स्पेन : अप्रिल, २०१९

यीबाहेक अन्य देशहरुमा पनि प्रतियोगिताहरु हुनेछन् । यसको लागि आफू बसोवास गरिरहेको मुलुकमा यो प्रतियोगिता गर्न इच्छुक व्यक्ति वा संस्थाले याे इमेल अाइडी manishadan@hotmail.com वा टेलिफोन ००४४७५८४०४०१६६ नम्बरमा मार्फत् सम्पर्क गर्न सक्ने अायाेजकले जनाएकाे छ।


  •  
  •  
  •